आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना

फाइल फोटो

काठमाण्डौ । आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार