रुकुम पूर्वको रुकुमकोटमा जारी निषेधाज्ञा हट्यो

रुकुम पूर्वको रुकुमकोटमा जारी निषेधाज्ञा हट्यो

काठमाडौं । रुकुम (पूर्व) को अस्थायी सदरमुकाम रुकुमकोटमा जारी निषेधाज्ञा बुधबार बाट हटेको छ । तीन सातादेखि जारी निषेधाज्ञा बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बिहानैदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिएका छन ।

सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने रुकुमकोटमा दुईपटक गरी तीन साता निषेधाज्ञा जारी गरिएको थियो । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि पछिल्लो समय असोज ६ गते राति १२ बजेदेखि लागू हुनेगरी असोज १३ गते राति १२ बजेसम्मका लागि सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी राईले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाउने निर्णय गरेको बताए । उनका अनुसार मापदण्ड पालना गरे नगरेको निगरानी गरी नटेर्नेलाई कारबाही गरिनेछ ।

मापदण्ड पालना नगरेको पाइए संक्रामक रोगअन्तर्गत मुद्दा चलाइने उनले बताए । प्रजिअ राईका अनुसार जिल्लामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार