दशैंमा शक्तिपीठ खोल्ने प्रस्ताव सीसीएमसीमा

दशैंमा शक्तिपीठ खोल्ने प्रस्ताव सीसीएमसीमा

बागेश्वरी मंदिर

काठमाडौं । देशभरका विभिन्न ठाउँमा रहेका शक्तिपीठहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पालना गर्नेगरी शक्तिपीठ खुला गर्ने प्रस्ताव सीसीएमसीमा पठाएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

विभिन्न भगवानको स्त्री स्वरुपलाई शक्ति भन्ने गरिन्छ । दशैंको घटस्थापनको दिनदेखि नौ दिनसम्म देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण पछिल्लो छ महिनादेखि सबै धार्मिक स्थलहरू बन्द छ । तर हिन्दु नेपालीहरूको मुख्य पर्व भएकोले दशैंमा सुरक्षा सतर्कता अपनाएर शक्तिपीठ खोल्न माग हुँदै आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार