कांग्रेस नेता सूर्यबहादुर केसीको निधनमा पार्टी तीन दिन झण्डा झुकाउने

कांग्रेस नेता सूर्यबहादुर केसीको निधनमा पार्टी तीन दिन झण्डा झुकाउने

काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने भएको छ। मंगलबारदेखि बिहीबारसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने पार्टीले जनाएको छ।

बुधबार केन्द्र र जिल्लाका कार्यालय बन्द रहने जनाइएको छ। १३औं दिनमा केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। केसीको गत राती पोखरास्थित घरमा निधन भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार