रुकुम पश्चिमबाट बेपत्ता आयोगमा परेका उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न

रुकुम पश्चिमबाट बेपत्ता आयोगमा परेका उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न

रुकुम पश्चिमको खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रम

मुसिकोट । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले तत्कालिन द्वन्द्वको क्रममा बेपत्ता भएका भनि रुकुम पश्चिमबाट प्राप्त उजुरीको प्रारम्भिक अुसन्धानको काम सम्पन्न गरेको जनाएको छ । बेपत्ता व्यक्तिको प्रारम्भिक अनुसन्धानको प्रक्रियाको लागि मंसिर १९ गते देखि रुकुम पश्चिमका पुगेको आयोगको एक टोलीले आयोगमा उजुरी दर्ता गराएका उजुरीकर्तालाई भेटेर पीडितको बयान लिने काम सम्पन्न गरेको हो ।

आईतबार आयोगद्धारा आयोजित पीडित पहिचान तथा परिचयपत्र वितरण सम्बन्धमा सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा प्रारम्भिक अनुसन्धानको लागि छनौट भएका ३५ ओटा उजुरीको आधारमा पीडितको बयान बुझ्ने काम सम्पन्न भएको आयोगका सदस्य तथा प्रवक्ता डा.गंगाधर अधिकारीले बताउँनुभयो ।

आयोगमा रुकुम पश्चिमबाट ५३ ओटा उजुरी परेका थिए । जसमध्ये १४ ओटा उजुरी सत्य निरुपन तथा मेलमिलाप आयोगमा पठाइएको, ३ ओटा उजुरी तामेलिमा राखिएको, १ ओटा उजुरी दोहोरो नाममा परेकोले बाँकि ३५ ओटा उजुरी प्रारम्भिक अनुसन्धानको लागि छनौट भएको प्रवक्ता अधिकारीले जनाउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा आयोगका सचिव कृष्णजीवी घिमिरेले आयोगको क्षेत्राधिकार, काम, कानूनी प्रावधान, उजुरी छानबिनको अवस्था लगायतका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

प्रारम्भिक अनुसन्धानमा जिल्लाको मुसीकोट नगरपालिकाबाट ८ जना, आठबीसकोट नगरपालिकाबाट ५ जना, चौरजहारी नगरपालिकाबाट ११ जना, बाँफिकोट गाउँपालिकाबाट ५ जना, सानीभेरी गाउँपालिकाबाट १ र त्रिवेणि गाउँपालिकाबाट ५ जना द्धन्दको समयमा बेपत्ता भएको भनी परेका उजुरी छनौट भएका थिए । प्रारम्भिक बयानपछि आयोगमा छलफल गरिने र स्थानीय तहमा पुगेर विस्तृत अनुसन्धानको काम थालिने आयोगले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार