कृषकलाई गोलासहितको मौरीको घार

कृषकलाई गोलासहितको मौरीको घार

नगर प्रमुख देविलाल गौतम कृषकलाई गोलासहितको मौरी घार हस्तान्त्रण गर्दै ।

मुसीकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कृषकलाई गोला सहितको मौरी घार बितरण गरिएको छ । मुसिकोट नगरपालिका अन्तरगत कृषि विकास शाखाको सहयोगमा नगर क्षेत्रभित्र रहेका कृषकहरुलाई गोला सहितको मौरी घार बितरण गरिएको हो ।

आइतबार नगर प्रमुख देविलाल गौतमले कृषकलाई गोला सहितको मौरी घार हस्तान्त्रण गर्नुभएको होे ।

नगरपालिकाको आर्थिक बर्ष २०७८।०७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि विकास शाखाले ४२ ओटा गोला सहितका मौरी घार खरिद गरि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बितरण गरेको छ ।

नगरपालिका अन्तरगत कृषि विकास शाखाबाट यसै आर्थिक बर्ष २०७८।०७९ मा गहुँको बिउ, प्याजको बेर्ना, अदुवा बेसारको बिउ र कृषि सामाग्री कृषकलाई ५० प्रतिशत अनुदानमा बितरण गरिएको थियो ।

त्यसैगरि यसै आर्थिक बर्षभित्र कृषकका लागि ५० प्रतिशत अनुदानमा मिनी टिलर, प्लाष्टिक टनेल, ओसाउने पंखा, त्रिपाल, धान र मकैको बिउ समेत बितरण गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार