भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित

भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित

रुकुमकाेट । रुकुम पूर्वको भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा महिला सदस्यका उम्मेदवार विष्णु रोका निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेकपा माओवादी केन्द्रबाट महिला सदस्य पदका लागि उम्मेदवार हुनुभएको थियो ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि आइतवार र हिजो सोमवार राखिएको उम्मेदवारी मनोनयनको समयमा भूमे गाउँपालिका ३ को महिला सदस्यमा उहाँको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विमलप्रसाद बरालले जानकारी दिनुभयो ।
रोका महिला सदस्यमा निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ । यसैबीच रुकुम पश्चिमका ६ पालिकामा तीन सय ७७ पदका लागि एक हजार एक सय १५ जनाको उम्मेदवारी मनाेनयन दर्ता भएकाे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार