डिग्रे शाईकुमारीको १७ औँ साधारण सभा सम्पन्न

डिग्रे शाईकुमारीको १७ औँ साधारण सभा सम्पन्न

मुसिकोट । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार खलंगामा भएको साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको सागठनिक र लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष बेदराज शर्मा पोखरेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहवीर खड्काले प्रस्तुत गर्नुभएको थियो । सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा कुल आय ३ करोड ३१ लाख ७४ हजार ५६४ रुपैया भएकोमा १ करोड ८५ लाख ९० हजार १७५ रुपैया खर्च भई बाँकी १ करोड ४५ लाख ८४ हजार ३८९ रुपैया मुनफा आर्जन गर्न सफल भएको छ ।

सहकारीको कुुल सम्पति आर्थिक बर्ष २०७७/०७८ मा २७ करोड २७ लाख ३३ हजार ८४६ भएकोमा आर्थिक बर्ष २०७८/०७९ असार मसान्त सम्म २६ करोड ३२ लाख ४० हजार २२५ रुपैया जम्मा भई ३.४८ प्रतिशत कमि भएको छ ।

साधारण सभाबाट आर्थिक बर्ष २०७९/०८० को लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धि प्रस्ताव र संस्थाको बिनयम, नियमावली र अन्य कार्यविधि पनि पारित गरिएको जनाइएको छ ।

यसैगरि साधारण सभामा उत्कृष्ट काम गर्ने कर्मचारी, बचतकर्ता र व्यवसाय गर्ने व्यवसायीहरूलाई सम्मान सहित प्रशंसा पत्र प्रदान गरिएको संस्थाका प्रबन्धक यज्ञबहादुर बिष्टले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाका प्रमुुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघका रुकुुम पश्चिमका अध्यक्ष नरबहादुर खड्का, नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी, संस्थाका पदाधिकारि, सदस्य, शेर सदस्यहरु, कर्मचारी लगायतको उपथिति रहेको थियो ।

संस्थाका अध्यक्ष बेदराज शर्मा पोखरेलको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिब ज्ञानु गौतम र स्वागत मन्तव्य उपाध्यक्ष मनिषा रोकाय भण्डारीले गर्नुभएको थियो ।

डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था २०६३ जेठ १५ गते स्थापना भएको हो । संस्थाले हाल केन्द्रिय कार्यालय खलंगा, सेवा केन्द्र कार्यालय रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीबाट सेवा दिदै आएको प्रबन्धक बिष्टले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार