कालकाे आहारा !

कालकाे आहारा !

दिनका दिन आकाशमाथि घुम्दछ फनन
कस्लाई लिई गयाे नि बरै चिल् गाडी भन न ?
भएर हाेला सिकिस्त अति विमारी कुनै जन्
धड्किन्छ मुटु पाेल्दछ छाती चस्किन्छ झनै मन् ।
घरमै कैदी बसेकाे बेला बास छ एकान्त
लाग्दछ शङ्का मनमा अति के हाेला लेखान्त ?
काखकाे उता बालक दुधे भाेकले रुँदै छ
आमाकाे मन कलेजी यता आँसुले धुँदै छ ।
आमाकाे काख मिलेन साथ बालक अकेला
मै मरी गए टुहुराे कठै ! भविश्य के हाेला ?
घटेर गयाे अक्सिजन् मात्रा सास् फेर्न गाह्राे भाे
लाग्दैछ खाेकी बढ्दै छ ज्वराे के कसाे हुने हाे ?
जिब्रेामा छैन सुस्वाद कुनै नाकमा सुवास
शरीर पाेल्छ भत्भतीसित छैन नि लाै आश ।
अस्ताल जान बेड नै छैन अक्सिजन् अभाव
चिकित्साकर्मी बेहाल उस्तै बढ्दाे छ दबाव ।
पाउने कैले खाेपकाे मात्रा निर्धन जनले ?
दलाली मात्रै गरेर बस्छ निर्दयी डनले ।
सर्कार गर्न सक्दैन केही आफै त राेगी छ ।
झगडा मात्र गर्दछ सधै सत्ताकै भाेगी छ ।
दिएन कैले सर्कार साथ दिएन साहारा
बनाई छाड्ने भयाे नि दैव कालकाे आहारा ।
२०७८ जेठ ५ बुधवार

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार