प्रिय् ! कामी बुढा

प्रिय् ! कामी बुढा

तिमी रुकुमको मात्र नभएर
सिङ्गो देशकै विरासतको सतिसाल रहेछौ
कर्णालीका विकट गरिब वस्तीहरुमा पसेर
अत्याचारको आवाज बोल्न लगायौ
न्यायपूर्ण समाजको मन्जिल चुम्न
सबैलाई जुरुक्क एकैपटक उठायौ
जनतालाई मालिक बनाउन
आफू मरेर भएपनि
क्रान्तिको रक्तरन्जित इतिहास बनायौ ।

 

तिमी इतिहासका पानाहरुमा
एउटा कर्मठ योद्धाका रूपमा रहिरहनेछौ
तिम्रो दर्शन अनि मुक्तियात्रा युग- युगसम्म
कालजयी बनिरहनेछ ।

 

तिम्रो भौतिक शरीर ढलेपनि
जनविचार आज पनि बाँचिरहेको छ ।
तसर्थ
तिमी मरेर पनि बाँचिरहेछौ ।
प्रिय् ! कामी बुढा ।

मुकुन्दप्रसाद शर्मा

रुकुम (पश्चिम्)
२०७९ माघ १६

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार