जोसे मोरिन्होको टिम टोटनह्यामलाई लिगको पहिलो खेलमै धक्का

जोसे मोरिन्होको टिम टोटनह्यामलाई लिगको पहिलो खेलमै धक्का

जोसे मोरिन्होको टिम टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवात हारबाट गरेको छ।

लिग अन्तर्गत आफ्नो पहिलो खेलमा टोटनह्याम आइतबार राति एभर्टनसँग पराजित भयो। घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल नखाए पनि दोस्रो हाफमा टोटनह्याम जोगिन सकेन ।

एभर्टनका लागि ५५ औँ मिनेटमा डोमिनिक काल्भर्ट–लिविनले डिग्नीको सहयोगमा गोल गरे। सोही गोल नै एभर्टनलाई लिगमा विजयी सुरुवात गर्न काफी भयो । रियल मड्रिडबाट अनुबन्धित भएका जेम्स रोड्रिग्वेज राम्रो लयमा देखिएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार