रोहित शर्माको शानदार प्रदर्शनमा कोलकातामाथि मुम्बईको प्रभावशाली जित

रोहित शर्माको शानदार प्रदर्शनमा कोलकातामाथि मुम्बईको प्रभावशाली जित

इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत बुधबार राति अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । साबिक विजेता मुम्बईले कोलाकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो।

हिटम्यानका रुपमा परिचित कप्तान रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । मुम्बईले पाँच विकेटको क्षतिमा १९५ रन बनाउने क्रममा कप्तान शर्माले ६ छक्का र तीन चौकाको सहयोगमा ५४ बलमा ८० रन बनाए । यस्तै सूर्यकुमार यादवले २८ बलमा ४७ रनको योगदान दिए ।

१९६ रनको लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन मात्रै बनाउन सक्यो । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन, जसप्रीत बुमराह र राहुल चाहरले दुई–दुई विकेट लिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार