कारोलिना प्लिस्कोभा शानदार पुनरागमन गरी पुगिन् दोस्रो चरणमा

कारोलिना प्लिस्कोभा शानदार पुनरागमन गरी पुगिन् दोस्रो चरणमा

विश्व बरियतामा चौथो नम्बरमा रहेकी चेक गणतन्त्रकी कारोलिना प्लिस्कोभा शानदार पुनरागमन गरी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

उनले पहिलो सेटमा इजिप्टकी मायार शरिफसँग पछि परेर पनि जित निकालेकी हुन् । २८ वर्षकी प्लिस्कोभाले शरिफलाई ६–७ (९–११), ६–२ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।

अमेरिकी खेलाडी सोफिया केनिन पनि दोस्रो चरणमा प्रवेश गरेकी छन् । २१ वर्षकी ककेनिनले रुसकी लुड्मिला साम्सोनोभालाई ६–४, ३–६ र ६–३ को सेतमा पराजित गरेकी हुन् ।

अहिलेसम्म ग्राण्ड सलाम उपाधि नजितेकी प्लिस्कोभाले विश्व नम्बर ४३ लात्भियाकी जेलेना ओस्तापेन्कोसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने छिन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार