घरेलु मैदानमा आर्सनलको शानदार जित

घरेलु मैदानमा आर्सनलको शानदार जित

आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले  र्‍यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरी एक गोल खाएको हो ।

आर्सनलका लागि एलेक्सान्डर लाकाजेटीले १० औँ मिनेट, पाब्लो मारीले १८ औँ तथा एड्डी एनकेटियाले ४४ औँ मिनेटमा गोल गरे । भिएनाका लागि मितागवाले ४७ औँ मिनेटमा एक गोल फर्काए ।

६६ औँ मिनेटमा स्मीथ रोवेले गोल गरेपछि आर्सनलको ४–१ को जित निश्चित भएको हो ।

बिहीबार रातिको खेलमा आर्सनलको रंगशालामा सीमित दर्शकलाई आउन स्वीकृति दिइएको थियो । २७१ दिनपछि दर्शकले रंगशालामा बसेर खेल रहे । भौतिक दूरी कामय गरी मास्क लगाएका दर्शकले खेले हेरेका हुन् ।

लगातार पाँच खेलमा जित निकालेको आर्सनल १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

बिहीबार राति नै भएको खेलमा टोटनह्याम र एलएएसकेले ३–३ तथा होफेनहेइम र रेड स्टार बेलग्राडेले गोलरहित बराबरी खेले ।

अरु खेलमा डिनामो जाग्रेबले फेयीनूर्डलाई २–०, आरजेड पेलेट्स डब्लुएसीले सिएसकेए मस्कोलाई १–०, रोयल एन्ट्वेर्पले लुडोगेरेट्सलाई ३–१, रेन्जर्सले स्ट्याण्डर्ड लिइगेलाई ३–२, मोल्डीले डनडाल्कलाई ३–१ तथा एसी मिलानले सेल्टिकलाई ४–२ ले पराजित गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार