पुर्णचन्द्रको बत्तीपालैमा गीत सार्वजनिक (भिडियो सहित)

पुर्णचन्द्रको बत्तीपालैमा गीत सार्वजनिक (भिडियो सहित)

गायक तथा सर्जक पुर्णचन्द्र केसीको लोकदोहोरी गीत बत्ती पालैमा सार्वजनिक भएको छ । सुभारम्भ डिजिटल म्युजिकको अफिसियल युटुव च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । गायक तथा सर्जक केसीले बत्ती पालैमा गीतले लोकदोहोरीका पारखीको मन छुने दाबी गरेका छन् ।

पछिल्लो पुस्ताको लागी लक्षित गरी यो गीत बजारमा ल्याइएको उनले बताए । सामाजिक सांस्कृतिक जीवनशैली झल्किने गित केटा र केटी तर्फको दोहोरी हो । सार्वजनिक गरिएको भिडियोमा गायक गायिकाले माला र नेपाली पोशाकमा सजिएका छन् । गीतमा माया पिरती लगायतका बिषय समेटिएको छ ।

गीतमा चन्द्र शर्मा, मिना लामा, पुर्णचन्द्र केसी र टिका सानुले स्वर दिएका छन् । लय खेम सेन्चुरीको रहेको छ भने शब्द पुर्णचन्द्र केसीकै रहेको छ । अभिनय अञ्जली अधिकारी र पुर्णचन्द्र केसी लगायतका कलाकारले गरेका छन् ।

निजामति सेवामा कार्यरत पूर्णचन्द्र केसी कलाकारीता क्षेत्रमा पनि पोख्त छन् । उनले हास्यब्यांग्य, लोकदोहोरीलगायतका क्षेत्रमा आफ्नो कला प्रस्तुत गर्दै आएका छन् ।

भिडियो :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार